नेपाली कांग्रेस क्षेत्र नं.३ रुपन्देहीको विशेष बैठक भैरहवामा सम्पन्न

रुपन्देही खबर , १३०  पटक हेरिएको

भैरहवा,असोज २

नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको ‘४०औं नियमित तथा विशेष बैठक’ भैरहवामा आज सम्पन्न भएको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा नेपाली कांग्रेसका जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकले जेन्जी प्रदर्शनको क्रममा राज्यपक्षको गोली प्रहारबाट ज्यान गुमाउनु परेको घटना प्रति दुःख व्यक्त गर्दै मृतक प्रति हार्दिक श्रद्धान्जली र शोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै उक्त प्रदर्शनमा पार्टीका केन्द्रिय सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा लगायत सम्पुर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । प्रदर्शनको क्रममा काठमाण्डौं लगायत देशैभरि भएको सरकारी तथा निजी सम्पत्ति, नेपाली कांग्रेस पार्टी कार्यालय (भैरहवा, बुटवल, केवलपुर शुद्धोधन, सेमलार बुटवल), पार्टीका केन्द्रिय सदस्य तथा पुर्व गृहमन्त्री बालकृष्ण खाणको तिलोत्तमामा अवस्थित निवास, सिनपा नगर प्रमुख इस्तियाक अहमद खाँनको बेलहियामा अवस्थित निवास, व्यवसायिक प्रतिष्ठान तोडफोड, आगजनी लगायत घटनामा संलग्न व्यक्ति पहिचान गरि यथाशिघ्र कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

साथै बैठकले राष्ट्रको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्रति प्रतिबद्ध रहदै वर्तमान अप्रत्याशित प्रदर्शनबाट गंभिर पाठ लिदै पार्टीलाई रुपान्तरणको बाटोमा अग्रसर गर्ने, नेतृत्वमा भएका कमिकमजोरी आत्माआलोचना सहित सुधार गर्नुपर्ने, सरकारको कार्यहरु गुण र दोषका आधारमा खबरदारी गर्ने, क्षति पुगेका पार्टी कार्यालयहरुको यथाशिघ्र पुननिर्माण तथा सञ्चालन गर्ने, वर्तमान परिवेशलाई आत्मसाथ गर्दै तल्लो तहसम्म तहगत वैठकहरु राख्ने, आपसमा भएका मनमुटावहरुलाई विर्सिएर नयाँ जोश, जाँगर र हिम्मतका साथ एकजुट भएर अघि बढ्ने निर्णय गरेको छ ।

बैठकमा नेपाली कांग्रेसका नेता तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापाँगाई, सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खान, प्रदेश सदस्य रमेश खनाल, महासमिति सदस्य सुर्य नारायण यादव, महाधिवेशन प्रतिनिधि विनय ज्ञवाली, बसन्तलाल कर्ण, महेन्द्र कुमार श्रेष्ठ, जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, शुद्धोधनका सभापति दामोदर पौडेल, सियारीका सभापति गोपाल पाण्डे, क्षेत्रीय सह-सचिव कुल प्रसाद न्यौपाने, क्षेत्रीय सदस्य केशव अधिकारी, सिनपा वडा नं. ४ का सभापति नरेन्द्र रौनियार, सिनपा वडा नं. १२ का सभापति हरिराज विष्ट, तिलोत्तमा वडा नं. १४ का सभापति चुरामणी भूषाल, बुटवल उपमहानगरपालिका वडा नं. १७ का सभापति बाबुराम घिमिरे, तिलोत्तमा वडा नं. १४ का वडा अध्यक्ष नारायण ढकाल लगायतले जेन्जी प्रदर्शनबाट पाठ लिदै वर्तमान चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने भनाई राख्नुभएको थियो ।

बैठकमा संविधानसभा सदस्य तथा महाधिवेशन प्रतिनिधि जन्नतुन निशा धुनिया, महासमिति सदस्य लक्ष्मण सुवेदी, महाधिवेशन प्रतिनिधि मिना भण्डारी, अनिता कुमारी यादव, जिल्ला सदस्य रामकिशन वि.क., मोहम्मद सलिम, क्षेत्रीय सह–सचिव चिरञ्जिवी ढकाल, क्षेत्र नं. ३ ‘क’ का उपसभापति गोविन्द बस्याल, सिनपाका नगर सचिव अनिल के.सी., सिनपा वडा नं. १ का सभापति मोहनसिंह शाही, सिनपा वडा नं. ५ का सभापति केशव गुप्ता, सिनपा वडा नं. ६ का सभापति राम बहादुर गुरुङ्ग, सिनपा वडा नं. ११ का सभापति केदार प्रसाद कुर्मी, मायादेवि वडा नं. ८ का सभापति तिल बहादुर रायमाझी, सियारी वडा नं. १ का सभापति सन्त प्रसाद चौधरी, सियारी वडा नं. ३ का सभापति श्रीराम यादव, बुटवल वडा नं. १६ का सभापति तथा वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल, बुटवल वडा नं. १८ का सभापति हुमराज ढकाल, शुद्धोधन वडा नं. ४ का सभापति रोमाकान्त अधिकारी, शुद्धोधन वडा नं. ५ का सभापति तथा वडा अध्यक्ष चन्द्रमान चौधरी, शुद्धोधन वडा नं. ६ का सभापति तथा वडा अध्यक्ष उपेन्द्र साहनी, ओमसतिया वडा नं. २ का वडा अध्यक्ष सितल जि.टी., सियारी वडा नं. ३ का वडा अध्यक्ष रामचन्द्र कुर्मी, क्षेत्रीय सदस्य रमेश मल्ल, राम प्रसाद पौडेल, इन्दिरा के.सी., भोला प्रसाद तिवारी, योगेन्द्रनाथ पाण्डेय, रुपमाया पुन, घनश्याम यादव, सरस्वती श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

बैठकमा नेपाली कांग्रेस क्षेत्र नं. ३ ‘ख’ का सभापति घनश्याम चालिसेको स्वागत, क्षेत्रीय सचिव लेखनाथ भट्टराईको संचालन तथा क्षेत्रीय कोषाध्यक्ष कृष्ण खनालले धन्यवाद दिनुभएको थियो ।

प्रकाशित मिति: २०२५-०९-१८ , समय : २१:२५:११ , ४ घन्टा अगाडि