अस्थायी र करार सेवा सम्झौता रद्द गर्ने रोहिणी गाउँपालिकाको निर्णय

रुपन्देही खबर , १९४  पटक हेरिएको

रुपन्देही, असोज २३

रोहिणी गाउँपालिकाले आफ्ना कार्यालयहरूमा दरबन्दी बाहेक अस्थायी, करार तथा दैनिक ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति र सेवा सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।

गाउँकार्यपालिकाले असोज २२ गते एक सूचना जारी गर्दै नेपाल सरकारको निर्णयअनुसार अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्नका लागि यस्तो कदम चालिएको जनाएको हो । नेपाल सरकारको मिति २०८२ असोज ५ गतेको निर्णय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयको परिपत्र बमोजिम उक्त निर्णय कार्यान्वयनमा ल्याइएको हो ।

सूचना अनुसार, अत्यावश्यक सेवा सञ्चालन गर्न आवश्यक कर्मचारी बाहेक अन्य सबै अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूको नियुक्ति तथा करार सम्झौता असोज २२ गतेदेखि लागू हुने गरी रद्द गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतद्वारा हस्ताक्षरित सूचनामा सो निर्णयबारे सबै सरोकारवालालाई जानकारी गराइएको छ ।

यस सम्बन्धमा गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले “नेपाल सरकारले खर्च घटाउने नीति ल्याएकोले हामीले पनि त्यसैको कार्यान्वयन गरेको बताउनु भएको छ । यस निर्णयले गाउँपालिकामा मितव्ययिता कायम गर्न र कार्य दक्षता बढाउन सहयोग पुर्‍याउने बिस्वासका साथ अत्यावश्यक सेवामा आवश्यक जनशक्ति भने कायम रहन्व अध्यक्ष यादवले बताउनु भयो ।

प्रकाशित मिति: २०२५-१०-०९ , समय : ०५:४५:५२ , ५ दिन अगाडि