कविता :लिपुलेक

गोविन्द राज ओझा (राजन ) , ६५  पटक हेरिएको

डोटी, कार्तिक २३

माटाे र मुटु भन्नू मेरो ढुकढुकि हो
लिपुलेक कालापानी नेपाली भु -भाग हो
यो माटाेमा नेपाली मुटु छ
छिमेकीले किन सिमा अतिक्रमण गर्छ

लिपुलेक ,कालापानी हाम्रो सम्पती हो
हाम्रो भुमी फिर्ता गराएर नै छाडने हो
हिजो पनि हाम्रो भुमी थियो
आज पनि हाम्रै भुमी हो
भोलि पनि हाम्रै हुने हो

हाम्रो भुमी एक इन्च गुम्न दिन्नौ
नेपाली स्वाधीनता रक्षाका लागि सबै एक हौ
नेपाल कसैको अधिनमा परेको छैन
अब पनि पर्दैन

माटाे र मुट भन्नू नै मेरो ढुकढुकी हो
सिमा अतिक्रमण राष्ट्रकाे चिन्ताको बिषय हो
यो हाम्रो पहिचान ,सम्मान र भबिस्यको लडाई हो
देशको सार्वभौमिकता ,स्वाधीनता ,भौगोलिक अखण्डता माथिको ठूलो चुनौती हो

माटाे र मुटु भन्नू मेरो ढुकढुकि हो
लिपुलेक कालापानी नेपाली भु -भाग हो
यो माटाेमा नेपाली मुटु छ
छिमेकीले किन सिमा अतिक्रमण गर्छ

लिपुलेक ,कालापानी हाम्रो सम्पती हो
हाम्रो भुमी फिर्ता गराएर नै छाडने हो
हिजो पनि हाम्रो भुमी थियो
आज पनि हाम्रै भुमी हो
भोलि पनि हाम्रै हुने हो

लेखक : गोविन्द राज ओझा (राजन )

प्रकाशित मिति: २०२५-११-०९ , समय : १०:०२:२४ , ४ घन्टा अगाडि