मधेशमा मुख्यमन्त्रीको शपथसँगै तीन मन्त्री नियुक्त

रुपन्देही खबर , १५३  पटक हेरिएको

तस्वीर : रासस

काठमाण्डौ,कार्तिक २४

मधेशमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद गठन भएको छ । एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका हुन् । यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

उपचारका लागि काठमाण्डौ जाने भन्दै प्रदेश प्रमुख भण्डारीले होटलमा एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराएपछि आलोचना भइरहेको छ । नेपाली कांग्रेसले मधेशमा मुख्यमन्त्री नियुक्त भएको घटनालाई निन्दनीय भनेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले फेसबुकमार्फत यसले नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय भएको उल्लेख गर्नुभएको छ । संविधानको धारा १६८(२) को सरकार बन्ने सम्भावना छँदै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन गरिएकोमा उहाँले बिरोध गर्नुभएको छ ।

प्रकाशित मिति: २०२५-११-१० , समय : १०:५६:०२ , ३ दिन अगाडि