रुपन्देही खबर , ६७ पटक हेरिएको
भैरहवा, मंसिर ०१
राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय भैरहवाले शुभकामना आदान प्रदान तथा करदाता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
सोमवार भैरहवाको सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधि तथा उद्योगी व्यापारी र संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
शुभकामना आदान प्रदान तथा करदाता सम्मान कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या आन्तरिक राजस्व कार्यालयले सरकारले दिएको लक्ष्य भन्दा बढि राजस्व असुली गरेर उत्कृष्ठ काम गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले समाजको रुपान्तरणमा राज्यका निकाय संग स्थानीय उद्योगी व्यवसायीहरुको भुमिका महत्वपूर्ण रहने उहाँले बताउनुभयो । राज्य र जनताको सहकार्यमा देशको विकास र समृद्धी हुने भन्दै सवैले सकारात्मक सोच निर्माण गर्न जरुरी भएको बताउनुभयो ।
आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख राजस्व अधिकृत प्रेमराज पोख्रेलले सम्पूर्ण उद्योग व्यवसायी संग राष्ट्रिय कर दिवश २०८२ को शुभकामना व्यक्त गर्दै राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको करप्रशासन रहेको बताउदै यहाँहरुको सकारात्मक सहकार्यले सफलता प्राप्त भएको बताउनुभयो । उहाँले हामीले कुनै करदातालाई घरपकड र दुःख दिने कार्य नभएको भन्दै करदाताको सहयोग र सहकार्यले चालु आर्थिक वर्षमा सरकारले दिएको लक्ष्यभन्दा बढि कर असुल गर्न सफल भएको बताउनुभयो । करदाताहरुले गर्ने कुनै कमजोरीलाई करप्रशासनले सुधार गर्नका लागि सहयोग गर्ने गरेको भन्दै सधै यहाँहरुको सहकार्यमा तयार रहेको बताउनुभयो । उहाँले ठुला व्यवसायीको सवैक्षेत्रमा पहुच हुने गरेको तर साना व्यवसायी तथा करदाताको पहुच नभएका कारण दुःख पाएको भन्ने गुनासा आउने गरेपछि आफैले उहाँहरुलाई सहजीकरण गर्ने गरेको प्रमुख राजस्व अधिकृत पोख्रेलले जानकारी दिनुभयो । राजस्व कार्यालयले अव कर बुझाउदा क्यूआर बाट गर्न मिल्ने प्रणालीको विकास केहि महिनामा हुने बताउनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले राज्यले कर असुली गर्ने तर उद्योगी व्यवसायीलाई राज्यले दिनुपर्ने सुविधा नभएको बताउनुभयो । उहाँले राज्यले लिने कर प्रणाली व्यवसायीको स्वेच्छिक हुनुपर्ने बताउनुभयो । राज्यले लिने करले उद्योग व्यवसायी र त्यही देशका जनताका लागि स्वास्थ्य, शिक्षा र रोजगारमा क्षेत्रमा लगानी गर्ने प्रावधान हुनुपर्ने बताउनुभयो । उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष सचिन रोक्काले करतिर्न सरकारले व्यवसायीलाई वातावरण तयार गर्न जरुरी रहेको बताउनुभयो । करदातालाई सहजरुपमा राज्यलाई करतिर्नका लागि उत्साहित गर्न राज्यले भुमिका खेल्नुपर्ने बताउदै उहाँले राज्य र उद्योगी व्यापारीको सहकार्य सधै जरुरी रहेको कुरा व्यक्त गर्नुभयो ।
सिद्धार्थ संचालका अध्यक्ष अनिल कुमार ज्ञवालीले नेपालमा करप्रणाली अहिले पनि सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले कर पद्धतीलाई यूआर प्रणाली वा पेपरलेस प्रणालीबाट हुनुपर्ने सुझाव राख्नुभयो ।
तिलोत्तम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनीले कानुन र नियम धेरै भएका कारण नेपालमा उद्योगी व्यवसायीहरु समस्यामा परेको बताउनुभयो । देशले कर असुलीमा आधुनिकताको कुरा गर्दा उद्योगी तथा व्यवसायीलाई पनि राज्यको योजनामा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले खरिदमा मात्र होइन खर्चमा पनि करको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।
सम्पूर्ण लेखापरिक्षकहरुको तर्फबाट बोल्दै वरिष्ठ लेखापरिक्षक शिवहरी शर्माले करलाई पारदर्शी र राजस्व प्रशासनमा करछली हुनै नदिने, भन्सार छलि हुनै नदिने कार्य सुरु गर्नुपर्ने बताए । उहाँले शुन्यबाटै राजस्व छलि रोक्ने प्रयास हुनुपर्ने बताउनुभयो । उहाँले विचमा पुगेर राजस्व छलि गरेयो भनेर व्यापारीलाई दुःख दिने गरेको बताउनुभयो । अहिले आधुनिक युगमा समाज धेरै अगाडी पुगेको भन्दै सम्पूर्णकुरा सिस्टममा हुनुपर्ने बताउनुभयो ।
शुभकामना आदान प्रदान तथा करदाता सम्मान कार्यक्रममा अडान रुपन्देहीका पूर्व अध्यक्ष डिआर शर्माले हिजोको समयमा कर असुल गर्ने पद्धती अनुमानका आधारमा हुने गरेको भन्दै पछिल्लो समयमा व्यापारी र सरकारले करमैत्रीको माध्याम बाट कर असुल गर्ने गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
आर्थिक वर्ष २०८०।०८१ मा आयकरतर्फ सवैभन्दा धेरै आयकर दाखिला गर्ने आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्र अन्र्तगर्त पर्ने करदाता विजार्ड फ्रेग्रेन्स इन्डिस्ट्रिज मायादेवी ८ लाई उत्कृष्ठ करदाताको रुपमा छनोट गरि सम्मापन पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ ।
करदिवसको उपलक्ष्यमा आन्तरिक राजस्व कार्यालयका कर्मचारी विच भएको ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने कर अधिकृत सन्तोष सुवेदी र नासु खुमबहादुर रावतलाई प्रमाणपत्रबाट सम्मान गरिएको छ । द्धितिय स्थान प्राप्त गर्ने नासु जसराज ओली र नवराज पौडेललाई पनि प्रमाणपत्रबाट सम्मान गरिएको छ । कर अधिकृत नरेश पन्थीको स्वागत मन्तव्य तथा कर अधिकृत सरोज मरासिनीको संचालनमा कार्यक्रम सम्पन्न भएको थिए ।
प्रकाशित मिति: २०२५-११-१७ , समय : ११:४१:०७ , ५ घन्टा अगाडि