कमला बस्नेत , ७५ पटक हेरिएको
भैरहवा,मंसिर ११
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाल लाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरेका छ । बिहिवार संघको सभाहलमा भएको कार्यक्रममा उद्योगी व्यवसायी तथा स्थानीय संघसंस्थाको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले औपचारीक व्यापारलाई संस्थागत गर्नका लागि भैरहवा भन्सारले जाचपास परिक्षण कार्यालयको स्थापना गरि आर्थिक पार्दशीताको शुरुवात गरेको बताउनुभयो । सवै व्यावसायी खराव नहुने भन्दै केहि व्यवसायीका कारण समस्या आउने भन्दै व्यवसायी र सरकारको सम्बन्ध सुमुधुर हुनुपर्ने बताउनुभयो । भुमि व्यवस्थापन निमावली कार्यान्वयनमा रहेको भन्दै कृषिक्षेत्र तथा भुमि र जग्गा प्लटिङको नियमलाई व्यवस्थापन सरकारले गर्न शुरु गरेको अर्थमन्त्री खनालले जानकारी बताउनुभयो ।
उहाँले पर्यावरणिय सन्तुलनलाई क्षती नपुग्ने तरिकाले ढुङगा गिटि निकासीको ठुलो सम्भावना रहेको बताउनुभयो । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणस्थल निर्माण पछि व्यवासायीहरुले यसक्षेत्रमा अर्बौ लगानी विभिन्न क्षेत्रमा गरेको भन्दै यो विमानस्थल पूर्ण संचालनमा आफुले सहजीकरण गरिरहेको बताउनुभयो । अव घरबसीबसी कम्पनी दर्ता र राजस्व भुक्तानीको व्यवस्थागर्ने कार्य अहिले भैरहेको भन्दै व्यवसायीहरुलाई सहज र सरलीकरण गर्ने व्यवस्थाका लागि छलफल भैरहेको अर्थमन्त्री खनालले जानकारी दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले अहिलेको सरकारले शुसासनका लागि गरेको कार्यले उद्योगी व्यवसायी उत्साहित भएको बताउनुभयो । उहाँले यहाँको अर्थतन्त्र चलायमान बनाउनका लागि नीजिक्षेत्रलाई संस्थागत गर्नका सरकारले सरकारात्मक भुमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले लुम्बिनी प्रदेशमा मात्र बार्षिक ३२ करोड बार्षिक चुरेबाट बगेर आउने गरेका तर आन्तरिक प्रयोग १ करोड मात्र रहेको भन्दै यसलाई निकासीका लागि पहल गर्न आग्रह गर्नुभयो । यहाँले देशलाई समृद्धि बनाउने हो भने ढुङ्गा गिट्टि बालुवा भारत निकासी गर्न सक्ने हो भने देशले मनग्य आम्दानी गर्न सक्ने सुझाव दिनुभयो । उहाँले देशलाई चलायमान बनाउनका लागि अहिलेको सरकारले उद्योगी व्यवसायीको पक्षमा काम गर्नेमा आफुहरु आशावादी रहेका बताउनुभयो । नेपालले अहिले सिमेन्ट निर्यात गरिरहेका भन्दै आगामी दिनमा अरु उत्पादन पनि निकासी गर्ने बातावरण श्रृजना गर्नुपर्ने बताउनुभयो ।
संघका अध्यक्ष संघ नेत्रप्रसाद आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा निजी क्षेत्रको लगानी जोखिममा परेको भन्दै सरकारले तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो । व्यवसायीहरूले वस्तु निकासीमा स्पष्ट नीति नहुनु, भन्सार नाकामा फरक–फरक नियम लागू हुनु, ओभरलोडको नाममा हुने जरिवाना, उच्च बैंक व्याजदर तथा अनुदान कटौतीका कारण निर्यातमुखी उद्योग प्रभावित भएको उल्लेख गर्नुभयो। चोरी–तस्करी बढेकाले वैध व्यापार कमजोर बन्दा राजस्वमा समेत असर परेको बताउँदै सीमाक्षेत्रमा कडाइ, व्यवसाय–नवीकरण तथा कर प्रक्रियामा डिजिटल प्रणाली लागू गर्न माग गर्नुभएको थियो ।
संघले दीर्घकालीन औद्योगिक नीति, निजी क्षेत्रको सहभागिता, पर्यटनमैत्री नाका विकास र काठ संरक्षणसम्बन्धी नीतिगत सुधार आवश्यक रहेको बताउँदै अर्थमन्त्रीलाई व्यावसायिक वातावरण मजबुत बनाउन पहल गर्न अनुरोध गर्नुभयो । भन्सार विभागमा महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार, व्यवसायी र ग्राहक मिलेर काम गर्ने हो भन्दै चोरी तस्करी नियमन्त्रणमा सवै एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले खुल्ला नाका भएको कारण चोरी तस्करीलाई नियन्त्रण गर्नका लागि भन्सार भित्रबाट निकासी पैठारी गर्न आग्रह गर्नुभयो ।
राजस्व अनुसन्धान विभागमा महानिर्देशक तिर्थ चिलुवालले उद्योगी व्यापारीको कुनै समस्या भएमा आफुलाई खवर गर्न आग्रह गर्दै व्यवसायी मैत्री वातावरण श्रृजना भएको बताउनुभयो । उहाँले नक्कली विलविजकको भयाभह अवस्था रहेको बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले नेपालको आर्थिक हबको रुपमा विकास भएको जिल्ला भएको बताउनुभयो । उहाँले भैरहवा भन्सार कार्यालयले निर्माण गर्दै गरेका आइसीपीमा रेलवेको कन्टेक्टिभिटि नभएको हुदा यसका लागि पहल गर्न आग्रह गनुभयो । चोरी तस्करी हुनु बढ्दो भन्सार दर हो । त्यसकारण व्यवहारिक पक्षलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल रेडिमिक्स व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत पोखरेल बैंककिङ प्रणालीलाई सहज र व्यवसायी मैत्री बताउनका लागि अर्थमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले कृषिक्षेत्रलाई उत्पादनमुखी र जग्गाको नयाँ वर्गिकरण गर्नेकार्यलाई बैज्ञानिक किसिमले गर्न आग्रह गर्नुभयो । बैंकहरुले लिने सेवा शुल्क पूर्ण खारेज गर्नुपर्न भन्दै बार्षिक नविकरण शुल्ललाई मिनाह गर्नुपर्ने उहाँले माग गर्नुभयो ।
यूवा तथा महिला उद्यमी पुनम अग्रवालले उदयपुर सिमेन्ट र हेटौडा सिमेन्टले बैंक ग्यारेन्टि गरेर लगेको १५ करोड बराबरको कोइलाको भुक्तानी नगरेको गुनासो व्यक्त गर्नुभयो । आफु महिला भएका कारण नेपालमा व्यापार व्यवसायी तथा उद्योग संचालनमा कठिन भएको गुनासो व्यक्त गर्नुभयो ।
तिलोत्तममा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले अर्थमन्त्रीले फुलअडिटको चेकजाचलाई लिखित निर्देशन गर्नुपर्ने सुझाव दिनुभयो । सीमाक्षेत्रमा पछिल्लो समयमा अवैध तस्करी बढ्दो हेको भन्दै यसलाई रोक्न नीतिगतरुपमा पहल गर्न कार्कीले आग्रह गर्नुभयो । उहाँले गाम्रेन्ट उद्योगहरुमा अन्डर बिलिङको समस्या रहेको भन्दै त्यसलाई न्युनिकरण र कानुनी दायरामा ल्याउन अनुरोध गर्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल प्राकृतिक साधन स्रोतको उपयोग, तिनाउ, रोहिणी र दानवलाई केन्द्रमा राखेर राज्यले गर्नुपर्ने सुझाव दिनुभयो । अन्तरपालिका को संमन्वय नहुदा नेपालमा विकसा र निर्माणमा समस्या भएको भन्दै यसलाई सहजीकरण गर्नका लागि उहाँको भनाई रहेको थियो । अर्यालले राजस्व अनुसन्धान कार्यालयले व्यवसायीलार्य तर्साउने गरेको भन्दै त्यस्ता कार्य बन्द गर्न अनुरोध गर्नुभयो । स्थानीय डेडिकट र ट्रंक लाइनको विषयमा पनि सरकारले पुर्नविचार गर्नुपर्ने सुझाव दिनुभयो ।
युवा उद्यमी सिद्धार्थ अग्रवालले भारतबाट नेपालमा रसानिक मल ल्याउदा भन्सार शुल्क नलाग्ने तर नेपालमा नै मल निर्माण गर्नका लागि आफुले उद्योग स्थापना गरेको तर मल बनाउने कच्चा पर्दाग ल्याउदा भन्सार शुल्क लाग्ने गर्नाले उद्योग संचालनमा समस्या आएको बताउनुभयो । अरुण गोयन्को नेपाललाई समृद्धि बनाउनका लागि यहाँका प्राकृतिक स्रोत साधनहरुलाई सहि रुपमा सदुपयोग र विदेश निकासी गर्न सुझाव दिनुभयो ।
उद्योगी बिरेन्द्र अग्रहरीले चामल उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै सरकारले उद्योगहरुलाई संस्थागत गर्नका लागि पहल गर्नुपर्ने बताउनुभयो । बैंकिङ क्षेत्रबाट कृषि कार्यलाई कृषि रिर्ण प्रवाह गर्ने गरेपनि कृषि क्षेत्रबाट उत्पादन भएको बस्तु भन्डारमा कृषि रिर्ण नदिदा व्यवसायीले महंगो व्याजमा रिर्ण लिनुपर्ने बाध्यता भएको अग्रहरीले गुनासो गर्नुभयो । अनलाईन व्यापार बढदो विकृति बढेको भन्दै अग्रहरीले बजारमा रहेको सटर घरभित्रबाट गरिने अनलाईन व्यापारले बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । निर्माण व्यवसायी रवि रौनियारले नक्कली बिलविजनकका कारण व्यवसायी समस्यामा परेको भन्दै नक्कली विलविजन पहिचान गर्न नसक्दा इमानदार उद्योगी व्यापारीले दुःख पाएको बताउनुभयो ।
पयर्यटन व्यवसायी संजय बजिमयले दक्षिणमा बुद्धिजम, उत्तरमा हिन्दुजम र विचमा ल्याण्डलक नेपालको टुरिजम रहेको भन्दै बन्द रहेको पर्यटन व्यवसायीको समस्यालाई खुल्ला गर्न अर्थमन्त्रीलाई अनुरोध गर्नुभयो । उहाँले अनलाईन इभिजा, अनलाईन इन्टरनेस्नल गेटवेय पेलाई शुरु गर्ने सरकारले पहल नगरेको प्रति गुनासो गर्नुभयो । उहाँले भन्नुभयो , एयरपोर्ट बन्छ चल्दैन, बाटो पुर्वाधार समयमा बन्दैन, जेएनजी आन्दोलनपछि पर्यटन व्यवसायी धारासायी भएको भन्दै यसको सुधारको लागि सरकारले पहल गर्न आग्रह गर्नुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुलप्रसाद न्यौपाने नयाँ युवापुस्तालाई नेपालमा रोजगार प्रदान गर्न नसक्दा विदेश पलायन भैरहेको भन्दै यसलाई रोक्न सरकारल पहल गर्नुपर्ने बताउनुभयो । महेन्द्र कुमार श्रेष्ठले व्यवसायीहरुलाई २ करोड सम्मको भ्याटको थे्रसहोल्डको सीमा तोक्नुपर्ने भन्दै सरकार व्यवसायी मैत्री हुनुपर्ने माग गर्नुभयो । युवा उद्यमी हरिष सेठिय देशमा अहिले उद्योग व्यापार गर्न निकै कठिन भएको भन्दै उद्यमी व्यवसायीको भविष्य अन्धकार भएको अन्तरक्रिया कार्यक्रममा बतानुभयो । उहाँले सरकारले उद्योग व्यवसायी पक्षमा सकारात्मक कार्य नगर्दा आफुहरु निरास भएको गुनासो अर्थमन्त्रीलाई व्यक्त गर्नुभयो ।
उद्योगी चन्द्रमान श्रेष्ठले डेडिकेट र ट्रकलाईनमा हामी अन्याय भएको बताउनुभयो । उहाँले हामीले कुनै पनि डेडिकेट र ट्रंकलाईनको माग नगरेको तर हामीलाई जवरजस्ती शुल्क तिर्न बाध्य पारेको बताउनुभयो । व्यवसायी उज्ज्वल कसजु सवै डिजिटलको युगमा देश भएको बेलामा तर बैंकलाई पनि डिजिटल सिस्टममा र एकडोर सिस्टममा नजादा केवाईसी फर्म भोर्ने भन्दै तनाव श्रृजना र समय व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो । उहाँले एक बैंकमा भएको केवाईसीको सिस्टम अर्को बैंकले पनि प्रयोग गर्न पाउने व्यवस्था गर्न आग्रह गर्नुभयो ।
चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले नीजिक्षेत्रको मनोबल बढाउनका लागि अहिलेको सरकारले काम गर्नुपर्ने भन्दै अर्थमन्त्रीलाई आग्रह गनुभयो । उद्योगी बसन्त रोक्काले उत्पादन, प्रशोधन र निर्यात गर्न तर्फ सरकारले नीति नियम निर्माण गर्नका लागि आग्रह गर्नुभयो । उहाँले देशमा बाझै रहेका कृषि उत्पादन क्षेत्रलाई प्रयोग ल्याउने नीति निमाण गर्ने र युवाहरुलाई स्वदेशमा राख्ने वातावरण श्रृजना गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
गोपाल भण्डारी जेएनजीले आन्दोलनले राज्यका संरचना र नीजिक्षेत्रमा सम्पती नष्ट भएका छन् । पुन यस्ता घटना नहोस भन्ने वातावरण श्रृजना गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक नीति सुधार नभए यहाँका उद्योगी व्यवसायी धरासयी भएमा बैंक तथा वित्तिय संस्थाहरु प्रति जनताको आक्रोस तिव्र रहेको बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु प्रसाद शर्माले नेपालमा सुरक्षा छैन भन्ने सन्देश अन्तराष्ट्रिय क्षेत्रमा पुगेको भन्दै यसलाई चिर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
प्रकाशित मिति: २०२५-११-२७ , समय : २१:०२:०८ , ४ घन्टा अगाडि