जसपा नेपालद्वारा रुपन्देही–४ बाट राम अवतार यादव एकल उम्मेदवार सिफारिस

रुपन्देही खबर , २१४  पटक हेरिएको

भैरहवा, पुस २१

जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ बाट राम अवतार यादवलाई उम्मेदवारका रूपमा एकल सिफारिस गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यादवको नाम सिफारिस गरिएको जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले जानकारी दिनुभयो।

सिफारिस भएका राम अवतार यादव जसपा नेपालको लुम्बिनी प्रदेश समितिका अध्यक्षसमेत हुनुहुन्छ। उहाँ यसअघि २०७९ सालमा सम्पन्न निर्वाचनमा रुपन्देही–४ (२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार बन्नुभएको थियो।

पार्टी संगठन सुदृढीकरण, जनआधार विस्तार तथा राजनीतिक अनुभवका आधारमा यादवलाई उम्मेदवारका रूपमा अघि सारिएको जसपाले जनाएको छ।

प्रकाशित मिति: २०२६-०१-०५ , समय : ११:३२:४९ , ३ दिन अगाडि