उर्मिला यादव , ७४ पटक हेरिएको
भैरहवा, माघ २
श्री जय बागेश्वरी बहुमुखी सहकारी संस्था लिमिटेड, सिद्धार्थनगर–भैरहवा रुपन्देहीले बिहीबार भैरहवामा कम्बल वितरण तथा खिचडी खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । मकर संक्रान्तिको पावन अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत शेयर सदस्यहरूलाई कम्बल वितरण तथा खिचडी खुवाउने कार्यक्रम सम्पन्न गरेकोे हो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष अशोक कुमार शाहले यस सहकारी केवल आर्थिक कारोबारमा सीमित नभई सामाजिक सेवामा पनि अग्रसर हुदै आएको बताउनु भएको छ ।

उहाले कम्बल वितरण तथा खिचडी खुवाउने पहिलो पटक आयोजना भए पनि यसले शेयर सदस्यहरुमा आगामी बर्षमा समेत यस्तै गरी नया नया कार्यक्रमहरु संगै स्वास्थ्य शिबिर समेत आयोजना गर्ने प्रतिबद्धता गर्नु भएको छ ।


यस्तै गरी कार्यक्रममा बोल्दै संस्थाका कोषाध्यक्ष सियाराम यादवले सहकारीको आर्थिक अवस्था मजबुत बन्दै गएको र त्यसको प्रतिफल सामाजिक क्षेत्रमा लगानी गर्न सफल भएको बताउनुभयो । उहाले “सदस्यहरूको विश्वासकै कारण आज हामी यस्ता कार्यक्रम गर्न सक्षम भएका हौं,” उहाँले भन्नुभयो । उहाले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने समेत बताउनु भएको छ ।

त्यस्तै गरी संस्थाका सचिव अमर कुमार झाले संस्थाका गतिविधि पारदर्शी र सदस्य केन्द्रित रहेको उल्लेख गर्दै भविष्यमा अझ प्रभावकारी सामाजिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

यस्तै गरी संस्थाका सल्लाहकार राजेश कुमार श्रीवास्तवले सहकारी संस्थाले समाजका विपन्न तथा आवश्यकतामा रहेका वर्गलाई लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाले “यस किसिमका कार्यक्रमले सहकारीप्रतिको भरोसा अझ बढने भएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने जोड दिनु भयो ।
यस्तै गरी संस्थाका ऋण उपसमिति सदस्य अशोक कुमार जयसवालले सहकारीले आर्थिकसँगै सामाजिक सशक्तीकरणमा पनि भूमिका खेल्नुपर्ने धारणा राख्दै कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै लेखा संयोजक शत्रुधन पण्डितले संस्थाले स्थापना कालदेखि नै सामाजिक तथा मानवीय सेवामा योगदान दिँदै आएको उल्लेख गर्नुभयो । उहाले “सहकारी र समुदायबीचको सम्बन्ध बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

यस्तै गरी संस्थाका निवर्तमान अध्यक्ष दशरथ कुमार झाले सहकारी अभियानलाई जीवन्त बनाइराख्न सबै सदस्यको सक्रिय भूमिका आवश्यक हुने धारणा राख्नुभएको थियो । “संस्थाको निरन्तर प्रगति सामूहिक प्रयासबाट मात्र सम्भव हुने उहाँको भनाइ छ ।

कार्यक्रममा उपस्थित शेयर सदस्यहरूले संस्थाको पहलको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए । संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।



प्रकाशित मिति: २०२६-०१-१६ , समय : १८:४०:५८ , ५ घन्टा अगाडि