रुपन्देही–३ मा फैंज अहमद खानको भेटघाट अभियान तिब्र

रुपन्देही खबर , १०९  पटक हेरिएको

भैरहवा,माघ

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका रुपन्देही क्षेत्र नम्बर ३ का फैंज अहमद खानले आफ्नो चुनावी भेटघाट अभियान तिब्र बनाउनु भएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा खानले प्रभावशाली व्यक्ति तथा आम नागरिकसँग घरदैलोमै पुगेर समस्याहरू बुझ्ने, टिपोट गर्ने र छलफल गर्ने कार्यलाई प्राथमिकता दिनुभएको छ ।

फैंज अहमद खानको सचिवालयका अनुसार उहाँले पार्टीका सम्पूर्ण पंक्ति, शुभचिन्तक तथा परिवर्तन चाहने सबै मतदातालाई एकजुट भई मतदान गर्न आग्रह गर्दै विभिन्न विशेष भेलाका प्रतिनिधिहरूसँग भेटघाटलाई तिब्र पार्नुभएको हो ।

स्पष्ट वक्ता, सफल व्यवसायी तथा समाजसेवीको परिचय बनाउनु भएका खानले आफ्नो उम्मेदवारी सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त नेपालको निर्माणका लागि आवश्यक रहेको बताउनुभयो । पटक–पटक निर्वाचित भएर पनि जनअपेक्षाअनुसार काम हुन नसकेकाले आफू चुनावी मैदानमा आएको उहाँको भनाइ छ ।

उहाँका अनुसार रुपन्देही क्षेत्र नम्बर ३ ले अहिलेसम्म अपेक्षित विकासको काँचुली फेर्न नसकेको अवस्थामा आफ्नो उम्मेदवारीले यस क्षेत्रको साख जोगाउँदै नयाँ दिशातर्फ लैजाने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २०२६-०१-२३ , समय : २२:५८:१६ , ९ घन्टा अगाडि