सुनको भाउ आज १३ हजार ४ सय रुपैयाँले घट्यो

रुपन्देही खबर , ७७  पटक हेरिएको

काठमाण्डौ,माघ १९

सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा एकैदिन १३ हजार ४ सय रुपैयाँले घटेर तोलाको २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदी तोलामा ३ सय रुपैयाँले घटेर तोलाको ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ५ सय रुपैयाँ थियो ।

प्रकाशित मिति: २०२६-०२-०२ , समय : १२:३५:२२ , ४ घन्टा अगाडि