दैनिक १३ लाख मतपत्र छपाइ

रुपन्देही खबर , ५२  पटक हेरिएको

काठमाण्डाै,माघ २३

भक्तपुरकाे सानाेठिमीमा रहेकाे जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा आज बिहानसम्म ७० निर्वाचन क्षेत्रका ८४ लाख ४० हजार मतपत्र छपाइ सकिएको जानकारी दिनुभयो ।

दिनमा १३ लाखसम्म मतपत्र छपाइ भइरहेको र अबको एक हप्तामा सबै मतपत्र छपाइ सम्पन्न गरिसक्ने उहाँको भनाइ छ । केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र विभिन्न ठाउँमा पुर्‍याइसकेको आयाेगले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०२-०६ , समय : २१:०५:३२ , ४ घन्टा अगाडि