रुपन्देही खबर , ७६ पटक हेरिएको
काठमाण्डौ,माघ २५
१९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । पोखरा रङ्गशालामा हिजो सम्पन्न फाइनल खेलमा साविक विजेता बङ्गलादेशमाथि ४–० गोलको फराकिलो अन्तरको जीत निकाल्दै भारत च्याम्पियन बनेको हो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि बङ्गलादेशकी अल्पी अक्तरले पाएकी छिन् । उत्कृष्ट गोल रक्षक भारतकी मुन्नी बन्दा फेयर प्ले अवार्ड भारतले पाएको छ । गएकाे माघ १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार टोलीको सहभागिता थियो ।
प्रकाशित मिति: २०२६-०२-०८ , समय : ०९:५६:५६ , २१ घन्टा अगाडि