रुपन्देही ३ मा श्रीनिवास यादवको घरदैलो अभियान तीव्र

रुपन्देही खबर , १२०  पटक हेरिएको

भैरहवा, माघ २६

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार श्रीनिवास यादवले घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्र बनाउनु भएको छ ।

अभियानका क्रममा उम्मेदवार यादव जनताको घर–घर पुगेर स्थानीय समस्या, आवश्यकता र अपेक्षा बुझिरहनु भएको छ । भेटघाटका क्रममा उहाँले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको सुदृढीकरणलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ।

स्थानीय मतदाताहरूले पनि उम्मेदवार यादवसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना गुनासा तथा सुझाव राखेका छन्। यादवले जनताको सुझावलाई आगामी कार्ययोजनामा समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: २०२६-०२-०९ , समय : १०:५९:०९ , २० घन्टा अगाडि