रवि लामिछानेलाई आचारसंहिता विपरीत कार्यक्रम नगर्न नवलपरासी प्रशासनको आग्रह

रासस , ८९  पटक हेरिएको

नवलपरासी,माघ २७

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज पश्चिम नवलपरासीमा हुने भनिएको कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले चासोमा राखेको छ ।

प्रशासनले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न/नगराउन पनि सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत् ‘निर्वाचन आचारसंहिता विपरीत’ का कार्यक्रम नगर्न भनेको हो ।

पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीले निकालेको सूचनामा निर्वाचन आचारसंहिता–२०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैमा जानकारी गराएको उल्लेख छ ।

निर्वाचन आचारसंहिताअनुसार आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव प्रयोजनका लागि फागुन ४ देखि १८ गतेसम्म १५ दिन मात्र प्रचारको अवधि तोकिएको छ ।

प्रकाशित मिति: २०२६-०२-१० , समय : १३:३८:४८ , १७ घन्टा अगाडि