लागु औषध सहित भैरहवाबाट तीन जना पक्राउ

रुपन्देही खबर , १०५  पटक हेरिएको

भैरहवा, फागुन २

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नंम्बर ८ कान्छिबजार घर भई हाल सिनपा १२ आवारोड बस्ने ४० बर्षिय बिशाल प्रताप राणा, सिनपा ७ भैरहवागाउ बस्ने २२ बर्षिय अरबाज मुसलमान र कैलाली घोडाघोडी नगरपालिका वडा १ पहलमानपुर बस्ने बर्ष २८ का बिकाश बहादुर सिंह ठकुरी रहेका छन ।

प्रहरीका अनुसार लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले गत पुस २१ गते साझ ७ बजे सिनपा १२ आवारोडमा लागु औषधको कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनै जनाको साथबाट एक किलो गाजा , एक सय ग्राम चरेस , मोबाइल ३ थान र डिजिटल तराजु १ थान बरामद गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०२-१४ , समय : १८:३१:५९ , ४ घन्टा अगाडि