हरि शर्मा , ९४ पटक हेरिएको
परासी, फागुन ६
उम्मेदवारसहित कार्यकर्तामाथि कुटपिट गर्नेमध्येका एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । बर्दघाट नगरपालिका–१२ जमुनिया बजारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गरेको प्रचारप्रसार कार्यक्रममा रास्वपाका कार्यकर्ता बताउँदै मंगलबार दिउँसो पुगेका एक समूहले उम्मेदवासहितका कार्यकर्ताहरुलाई कुटपिट गरेका थिए ।
कुटपिट गर्ने तीन जनामध्ये एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका– १३ का ३१ वर्षिया अजय गौतम् छन् । अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार राजुप्रसाद हरिजन, क्षेत्रीय प्रचारप्रसार सहसंयोजक निरज पाठक, जिल्ला सदस्य नकुल सी र बर्दघाट नगर इन्चार्ज गणेश पाण्डे घाइते भएका छन् । घण्टीको एरियामा आएर प्रचारप्रसार गरेको भन्दै कुटपिट गरेको उम्मेदवार हरिजनले बताउनु भयो । पक्राउ परेका गौतमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०२-१८ , समय : १५:०४:३३ , ४ घन्टा अगाडि