नेपाल–पवित्र भूमि

गोबिन्द राज ओझा (राजन) , ७३  पटक हेरिएको

डोटी, फागुन ६

नेपाल कैलाशको छायाँ, पवित्र भुमी हाम्रो,
स्वच्छता र नेपालीपन, जीवनको आधार राम्रो।
नेपाली बोली, नेपाली स्वर, नेपाली आवाज प्यारो,

माटोको सुगन्ध भित्र छ देशको आत्मा सारो।
यहि हो नेपाल धन, यही हो नेपाली मन,
एकताको माया बोकी हिँड्छ जनता हरपल झन।
नेपाल घर हो, नेपाल स्वर्ग हो, सुन्दर विश्वको देश,

हिमालको शुद्ध श्रृङ्खला, प्रेमको उज्यालो भेष।
स्वच्छ पानी, स्वच्छ मन, पवित्र माया बग्छ यहाँ,
देवताको भूमि नेपाल, श्रद्धा बस्छ जहाँ।
बुद्ध भूमि, सीताको भूमि, गौरवको इतिहास,

अरनिकोको कला झल्किन्छ, मानदेवको प्रकाश।
गाइमाताको आशिष छ, नेपाली हावा पानी,
खोलानला गीत गाउँछन्, नेपालको मीठो कहानी।
सूर्य विनायक, कार्य विनायक, सिद्ध विनायक नाम,

अशोक विनायक, जल विनायक, आस्थाको ठूलो धाम।
सुन्दर भूमि, स्वर्ग भूमि, नेपाल हाम्रो शान,
गोबिन्द राज ओझा (राजन) भन्छ—नेपाल नै प्राण।

प्रकाशित मिति: २०२६-०२-१८ , समय : १६:४२:३२ , ४ घन्टा अगाडि