रुपन्देही खबर , २१२ पटक हेरिएको
भैरहवा, चैत १
रुपन्देही प्रहरीले लागुऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले फागुन २९ गते दिउँसो करिब १:३० बजे जिल्लाको रोहिणी गाउँपालिका–२ छोट्की खुर्खुरियाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको महाराजगंज जिल्ला उपेन्द्रपुर थाना, ग्राम दशरथपुर बस्ने १९ वर्षीय आदित्यनाथ यादव रहेका छन्। उनी सवार रहेको UP 56 A 5714 नम्बरको प्लाटिना मोटरसाइकल जाँच गर्ने क्रममा विभिन्न प्रकारका लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको साथबाट: SPM+PRX+Wockhardt ट्याब्लेट ४२९ वटा, Berrycof 100 ml का ११ बोतल,
Nitrazepam Tablets IP 10 mg का १२ पत्ता (१२० ट्याब्लेट),Realme मोबाइल १ थान बरामद गरिएको छ।
पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०३-१५ , समय : १८:४३:३० , ४ घन्टा अगाडि