बर्दघाटमा लागुऔषध दुर्व्यसन विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न

रुपन्देही खबर , १०५  पटक हेरिएको

नवलपरासी, चैत १

नवलपरासी (ब.सु.प)को बर्दघाट नगरपालिका वडा नं. ४ स्थित फलफुल चोकमा लागुऔषध दुर्व्यसन विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ। आज जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) हरि कुँवरले लागुऔषधको प्रयोगले व्यक्ति, परिवार तथा समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिनुभएको थियो। उहाँले युवापुस्तालाई लागुऔषध दुर्व्यसनबाट टाढा रहन आग्रह गर्दै सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।

स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले पनि लागुऔषध नियन्त्रणका लागि समुदाय र प्रहरीबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। कार्यक्रमले स्थानीय स्तरमा लागुऔषध दुर्व्यसन नियन्त्रण तथा सचेतना फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०३-१५ , समय : २०:५७:१६ , ४ घन्टा अगाडि