रुपन्देही खबर , १०५ पटक हेरिएको
भैरहवा, चैत ८
रुपन्देहीको मायादेवी गाउँपालिका–४ झुलनीपुरस्थित श्री लुम्बिनी शिक्षा निकेतनमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको विदाई तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। कक्षा ९ का विद्यार्थीहरूले आयोजना गरेको उक्त कार्यक्रममा आगामी चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुन लागेका विद्यार्थीहरूलाई विदाई गरिएको हो।

कार्यक्रममा कक्षा १० का विद्यार्थी सिरियांश बानिया, सुरज यादव र आरिफ खानले विद्यालयमा अध्ययनका क्रममा प्राप्त ज्ञान, शिक्षकहरूको मार्गदर्शन र सिकाइका अनुभवबारे मन्तव्य व्यक्त गर्नु भएको छ । त्यस्तै तबसुम जहाँ, दिव्य जयसवाल र आशिष कुमार गुप्ताले कवितामार्फत आफ्ना अनुभूति प्रस्तुत गर्नु भएको थियो ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत सम्झना सिंह, विद्या घिमिरे, विप्सन दुरेली, शिवम जयसवाल, आराध्या मिश्र र सृष्टि सिंहले नृत्य प्रस्तुत गरेका थिए भने अयुब क्षेत्री, इसाम दुरेली, आनन्द कोँहार, राहुल चुँदाली र मनिष भुसालले गीतमार्फत विद्यालय जीवनका अनुभव साटेका थिए।

कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरेका थिए। साथै कक्षा १० का विद्यार्थीहरूले विद्यालयका शिक्षक–कर्मचारी, चालक, सहचालक तथा क्यान्टिन सञ्चालकलाई सम्मानस्वरूप चिनो प्रदान गरेका थिए।

विद्यालयका प्राचार्य नामदेव अर्यालले आयोजक विद्यार्थीहरूलाई धन्यवाद दिँदै कक्षा १० का विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्नु भएको थियो। उहाले विद्यार्थीहरुलाइ अनुशासित र जिम्मेवार नागरिक बन्न आग्रह समेत गर्नु भएको छ ।

सो अवसरमा शैक्षिक सत्र २०८२ मा विज्ञान प्रयोगशालामा परीक्षण कार्य सम्पन्न गरेका विद्यार्थीहरूलाई प्राचार्य अर्याल तथा विज्ञान प्रयोगशाला प्रमुख दिलीप कुमार कोँहारद्वारा प्रमाणपत्र वितरण गरिएको थियो।

कक्षा ९ का विद्यार्थी जमसेर अहमदको अध्यक्षता, प्राचार्य नामदेव अर्यालको प्रमुख आतिथ्यता, ऋतुराज बानियाको स्वागत मन्तव्य र रुक्मणी श्रीवास्तवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका विभिन्न तहका संयोजक, शिक्षक–कर्मचारी तथा अन्य सहयोगीहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२६-०३-२२ , समय : १५:०५:५० , ३ घन्टा अगाडि