रुपन्देही खबर , ६१ पटक हेरिएको
काठमाण्डौ,चैत ११
राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य चुनावबाट निर्वाचित संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान सवा ११ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा निर्वाचित २६५ सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ ।
प्रतिनिधिसभामा प्रत्यक्षबाट एक सय ६५ र समानुपातिक तर्फबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सांसद केसी समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको हो । ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई भोलि बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।
सांसदहरुले शपथ लिएको भोलिपल्ट अर्थात १३ गते शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको शपथ लिने यसअघि नै तय भइसकेको छ ।
प्रकाशित मिति: २०२६-०३-२५ , समय : ०९:२७:४६ , ३ घन्टा अगाडि