चितवनमा पाैडी खेल्ने क्रममा डुबेर दुई किशाेरकाे ज्यान गयाे

रासस , १०७  पटक हेरिएको

चितवन,चैत १५

नारायणी नदी नजिक पानी जमेको खाल्टोमा डुबेर दुई जना किशोरको ज्यान गएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालकाअनुसार पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका–१६ का समन रम्तेल र प्रशान्त क्षेत्रीको डुबेर ज्यान गएकाे हो । उनीहरूकाे शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: २०२६-०३-२९ , समय : १८:०५:२४ , ३ घन्टा अगाडि