रुपन्देही खबर , १२ पटक हेरिएको
काठमाण्डाै,चैत १५
जिल्ला अदालत काठमाण्डौले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ । न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आज ५ दिन म्याद थपको अनुमति दिएको हो । सरकारी वकिलको कार्यालयले १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेको थियो ।
गएको भदौ २३ र २४ गतेकाे नवयुवा आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिश गरेको थियो । त्यही सिफारिशका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर प्रहरीले हिजो बिहान ओली–लेखकलाई पक्राउ गरेको हो । आज अदालतमा लेखक आफैँ उपस्थित हुनुभयो भने ओली बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल रूपमा उपस्थित हुनुभयो ।
प्रकाशित मिति: २०२६-०३-२९ , समय : १८:१९:२४ , ३ घन्टा अगाडि