इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी , ७८  पटक हेरिएको

काठमाण्डौ,चैत १९

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रविन्दु पर्यटकीय र ऐतिहासिक शहर टर्नेटबाट झण्डै १२० किलोमिटरको दूरीमा रहेको छ ।

केन्द्रले भूकम्पको केन्द्रविन्दुबाट एक हजार किलोमिटर क्षेत्रभित्र पर्ने इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रमा सुनामी आउन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन निर्देशन दिएको छ । भूकम्पको धक्का जापानसम्म महसुस गरिएको छ ।

जापानले पनि आफ्ना केही समुद्री तटमा पानीको सतहमा सामान्य परिवर्तन हुन सक्ने चेतावनी दिएको छ । मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका दुईवटा पराकम्प गएका छन् । थप शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिइएको छ । तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रभावित क्षेत्रमा उद्दार तथा राहत टोलीहरु खटिएका छन् । उनीहरूका अनुसार अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण प्राप्त भैसकेको छैन । स्थानीय प्रशासनले आपतकालीन तयारीलाई उच्च सतर्कतामा राखेको जनाएको छ ।

प्रकाशित मिति: २०२६-०४-०२ , समय : १०:२०:४४ , ३ घन्टा अगाडि