नापी कार्यालय भैरहवामा बिचौलिया कार्यमा संलग्न २ जना नियन्त्रणमा

रुपन्देही खबर , ११५  पटक हेरिएको

भैरहवा, चैत २०

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित नापी कार्यालय भैरहवामा सेवाग्राहीको काम छिटो गराइदिने भन्दै अतिरिक्त शुल्क असुल्दै बिचौलिया गतिविधि गरिरहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–३ का ३२ वर्षीय शिव नारायण कुर्मी र रोहिणी गाउँपालिका–३ का ३० वर्षीय सुरेन्द्र मल्लाह रहेका छन्। उनीहरूले सेवाग्राहीसँग काम छिटो गराइदिने बहानामा बढी रकम लिने गरेको सूचनाका आधारमा आज शुक्रवार खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यस घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०४-०३ , समय : २०:१९:४१ , ४ घन्टा अगाडि