गुण्डागर्दीमा संलग्न रहेको आरोपमा काठमाण्डौका विभिन्न ठाउँबाट १७ जना पक्राउ

रुपन्देही खबर , ९३  पटक हेरिएको

काडमाण्डौ,चैत २१

गुण्डागर्दीमा संलग्न रहेको आरोपमा काठमाण्डौका विभिन्न ठाउँबाट १७ जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आपराधिक पृष्ठभूमिका व्यक्तिलाई गएराति पक्राउ गरेको हो । ठमेल, दरबारमार्ग र सामाखुसीबाट उनीहरू पक्राउ परेका हुन् ।

विभिन्न समूहको नाममा भइरहेको गुण्डागर्दीलाई नियन्त्रण गर्न प्रहरीले चलाएको अभियानलाई ‘स्वीप अपरेसन’ भनिएको छ । यस्तै काठमाण्डौ प्रहरीले यात्रुलाई विभिन्न बहानामा दु:ख दिने थप १३ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीले बिचौलियाका रूपमा सर्वसाधारण नागरिकलाई हैरानी दिने व्यक्तिलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिएको छ । हिजो कलङ्की र नयाँ बसपार्कमा खटिएको प्रहरी टोलीले १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । यस अघि प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २०२६-०४-०४ , समय : ०८:२१:४४ , ३ घन्टा अगाडि