आईपीएल क्रिकेटमा राजस्थान र दिल्ली विजयी

रुपन्देही खबर , ८३  पटक हेरिएको

काठमाण्डौ,चैत २२

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई हराएको छ । गएराति अहमदाबादमा भएको खेलमा राजस्थान ६ रनले विजयी भएको हो । राजस्थानले दिएको २११ रनको लक्ष्य पछ्याएको गुजरातले पूरै ओभर खेल्दै ८ विकेट गुमाएर २०४ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २१० रन बनाएको थियो । राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ७५ रन बनाए ।

लगातार दोस्रो जित निकालेको राजस्थान ४ अंकसहित शीर्ष स्थानमा छ । लगातार दोस्रो हार बेहोरेको गुजरात अंकविहीन रहँदै सातौं स्थानमा छ ।

यसअघि भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १६३ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । लगातार दोस्रो जितसँगै ४ अंक जोडेको दिल्ली दोस्रो स्थानमा छ । पहिलो हार बेहोरेको मुम्बई छैटौं स्थानमा छ ।

प्रकाशित मिति: २०२६-०४-०५ , समय : ०८:०५:१९ , १३ घन्टा अगाडि