रुपन्देही खबर , १०४ पटक हेरिएको
रुपन्देही,चैत २३
ट्राफिक नियम उल्लंघन गर्दै ध्वनि प्रदूषण फैलाउने तथा जोखिमपूर्ण स्टन्ट गर्ने १९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले “अपरेशन साइलेंट स्ट्रिट्स” सञ्चालन गरी मंगलबार राति करिब १० बजे ती मोटरसाइकलहरू नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारी साधनमा बुलेटसहित विभिन्न ब्रान्डका मोटरसाइकल रहेका छन्।
प्रहरीका अनुसार मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, स्पार्किङ गर्ने र सार्वजनिक सडकमा स्टन्ट प्रदर्शन गर्ने जस्ता गतिविधि बढ्दै गएकाले विशेष अभियान सञ्चालन गरिएको हो। यस्ता गतिविधिले सर्वसाधारणलाई असुविधा पुर्याउनुका साथै सडक दुर्घटनाको जोखिम समेत बढाउने बताइएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०४-०६ , समय : २१:०९:४१ , ४ घन्टा अगाडि