रुपन्देही खबर , १०५ पटक हेरिएको
बुटवल,चैत २३
मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, स्टन्ट गर्ने तथा स्पार्किङ जस्ता गतिविधि गर्दै ध्वनि प्रदूषण फैलाउने २५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले “अपरेशन साइलेंट स्ट्रिट्स” सञ्चालन गरी बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित कालिकापथ क्षेत्रबाट ती मोटरसाइकल नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारी साधनमा बुलेटसहित विभिन्न ब्रान्डका मोटरसाइकल रहेका छन्।
प्रहरीका अनुसार मोटरसाइकलको बनावट परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने, सडकमा स्टन्ट गर्ने तथा स्पार्किङ गर्ने जस्ता गतिविधि बढ्दै गएकाले विशेष निगरानीसहित कारबाही थालिएको हो। यस्ता क्रियाकलापले सर्वसाधारणलाई हैरानी पुर्याउनुका साथै सडक सुरक्षामा समेत गम्भीर जोखिम निम्त्याउने बताइएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०४-०६ , समय : २१:२३:३४ , ३ घन्टा अगाडि