शान्ति सुरक्षामा खलल पुर्‍याउने १०३ जना प्रहरी नियन्त्रणमा

रुपन्देही खबर , १०४  पटक हेरिएको

भैरहवा,बैशाख १३

रुपन्देही प्रहरीले विशेष स्वीप अपरेशन सञ्चालन गरी शान्ति सुरक्षामा खलल पुर्‍याउने आशंकामा १०३ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार वैशाख १२ गते शनिबार साँझ ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूको आपराधिक गतिविधिबारे थप अनुसन्धान भइरहेको छ। जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले यस्ता अभियानलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) गणेश सापकोटाले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२६-०४-२६ , समय : १०:०९:४१ , ४ घन्टा अगाडि