रुपन्देहीमा लागुऔषध ओसारपसार तथा सेवनमा संलग्न २० जना पक्राउ

रुपन्देही खबर , ५३९  पटक हेरिएको

रुपन्देही, वैशाख १३

रुपन्देही जिल्लाका विभिन्न स्थानबाट लागुऔषध ओसारपसार तथा सेवनमा संलग्न २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका इकाइबाट खटिएको प्रहरी टोलीले वैशाख १० गते साँझ ६ बजेदेखि राति ९ बजेसम्म जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान कार्य जारी रहेको छ। साथै, जिल्लामा लागुऔषध नियन्त्रणका लागि चेकजाँच र निगरानीलाई अझ कडाइका साथ अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०४-२६ , समय : २२:२१:४७ , ५ महिना अगाडि