अवैध ओसारपसारमा कडाइ: बर्दघाटमा पिकअपसहित ४,५०० चल्ला पक्राउ

रुपन्देही खबर , ५४  पटक हेरिएको

नवलपरासी, बैशाख १४

बर्दघाट नगरपालिका–७ जिभिरेभारमा संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा अवैध रूपमा ओसारपसार भइरहेको ठूलो परिमाणको चल्ला बरामद गरेको छ।

लुम्बिनी प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा इलाका प्रहरी कार्यालय बर्दघाटको सक्रियतामा गरिएको कारबाहीमा ७६ कार्टुन (करिब ४,५०० वटा) चल्लासहित एउटा पिकअप गाडी नियन्त्रणमा लिइएको हो। उक्त कारबाहीका क्रममा चालकसमेत नियन्त्रणमा परेका छन्।

प्रहरीका अनुसार बरामद चल्लाको अन्दाजी मूल्य करिब रु. ३ लाख १५ हजार र पिकअप गाडीको मूल्य करिब रु. १५ लाख गरी जम्मा रु. १८ लाख १५ हजार बराबरको सामग्री नियन्त्रणमा लिइएको छ।

बरामद चल्ला तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय महेशपुर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०२६-०४-२७ , समय : ११:५९:३३ , ३ घन्टा अगाडि