नवलपरासीमा लागुऔषधसहित दुई जना पक्राउ

रुपन्देही खबर , ९६  पटक हेरिएको

परासी, वैशाख १६

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। गए राति बर्दघाट नगरपालिका–१० लण्डनब्रिज नजिक रहेको संगम रुफटप रेष्टुरेन्ट एण्ड खाजाघरमा लागुऔषध ल्याइएको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बर्दघाट–१० बस्ने ६१ वर्षीय धनलाल चापागाई र सुस्ता गाउँपालिका–५ थारुटोल बस्ने ३३ वर्षीय स्तकार हुसेन रहेका छ्न ।

प्रहरीका अनुसार स्तकार हुसेनको साथबाट एमडी (MD) सिन्थेटिक ड्रग्स ४ प्याकेट (नेट तौल २०८.१६० मिलिग्राम) बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा नवलपरासी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी बीर दत्त पन्तले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२६-०४-२९ , समय : १८:३२:५१ , ३ घन्टा अगाडि