रुपन्देही खबर , १३४ पटक हेरिएको
दाङ, वैशाख १७
लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनको पहिलो बैठक आज बिहीबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुवातमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ ।
त्यसपछि विभिन्न राजनीतिक दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची तय गरिएको छ । यस बैठकसँगै लुम्बिनी प्रदेश सभाको नयाँ अधिवेशन औपचारिक रूपमा सुरु हुने भएको छ ।
प्रकाशित मिति: २०२६-०४-३० , समय : १२:४८:५६ , ४ दिन अगाडि