रुपन्देही खबर , ८४ पटक हेरिएको
बैशाख २१
मौसम पूर्वानुमान महाशाखा का अनुसार आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा तथा राति लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै हिमाली, पहाडी र तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
गएराति पनि गण्डकी प्रदेशदेखि पूर्वका धेरैजसो क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो। विशेषगरी गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली भेगमा उल्लेख्य वर्षा भएको महाशाखाले जानकारी दिएको छ।
प्रिमनसुन सक्रिय भइरहेको अवस्थामा जुनसुकै बेला वर्षा, चट्याङ, हावाहुरी र असिना पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित मिति: २०२६-०५-०४ , समय : ०९:४३:०४ , ३ घन्टा अगाडि