१,०८२ मतसहित राजेशकुमार अग्रवाल महासंघको केन्द्रीय सदस्यमा विजयी

रुपन्देही खबर , ७५  पटक हेरिएको

भैरहवा,बैशाख २३

रुपन्देहीका बरिष्ठ उद्योगी राजेशकुमार अग्रवाल नेपाल उद्योग बाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुनु भएको छ। महासंघको मंगलबार राति सार्वजनिक मतपरिणाम अनुसार अग्रवालले १ हजार ८२ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।

३० वर्षदेखि औद्योगिक एवं व्यवसायिक क्षेत्रमा क्रियाशील अग्रवाल एसअघि सिद्धार्थ उद्योग बाणिज्य संघमा पनि विभिन्न तहमा रहेर काम गरिसक्नु भएको छ । यसअघि उहा महासंघको सोही पदमा निर्वाचति भएर काम गर्दै आउनु भएको थियो । अग्रवाल अघिल्लो कार्यसमितिमा महासंघको उद्योग समितिको सभापति समेत हुनु हुन्थ्यो ।

अर्घाखाँची सिमेन्ट लिमिटेड, श्री स्टिल्स, सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक, सिद्धार्थ सिमेन्ट, सिद्धार्थ आयल इन्डष्ट्रिज, सिद्धार्थ रिफाइनरी, सिद्धार्थ मिनिरल्स, एक्सन पोलिमर्स, एसिएन कंक्रिटो र सिद्धार्थ पेट प्लाष्ट इन्डष्ट्रिजका सञ्चालक समेत रहनु भएको अग्रवाल निजी क्षेत्रका अब्बल उद्योगी हुनुहुन्छ ।

उहाले उद्योग–व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि लामो समयदेखि योगदान दिँदै आउनु भएको छ । शिक्षा, स्वास्थ्य, धार्मिक क्षेत्र, पूर्वाधार विकास र गरिब तथा निमुखाहरुलाई उहाले आर्थिक सहयोग गर्दै आउनु भएको छ । रुपन्देहीमा बसेर मुलुकका अग्रणी प्रतिष्ठान हाँकीरहेका अग्रवाल इमान्दार, मृदुभाषाी र सहयोग स्वभावको हुनुहुन्छ ।

मुलुकको अर्थतन्त्र बलियो बनाउन र रोजगारी सिर्जनामा लामो समयदेखि योगदान दिएकै कारण उहा निजी क्षेत्र, सरकारी निकाय र नेपाल सरकारबाट समेत विभिन्न पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ पदकबाट समेत विभुषित उद्योगी हुनुहुन्छ ।

प्रकाशित मिति: २०२६-०५-०६ , समय : ११:५२:०४ , २ घन्टा अगाडि