रोलगोल्डका गरगहना बरामद,१९ लाखभन्दा बढी मूल्यको सामान नियन्त्रणमा

रुपन्देही खबर , ७१  पटक हेरिएको

भैरहवा,वैशाख २१

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको मायादेवी गाउँपालिका–४ झुलनिपुरबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको रोलगोल्डका गरगहना बरामद गरेको छ।

सोमबार बिहान करिब १० बजे गरिएको चेकजाँचका क्रममा भारतबाट ल्याइँदै गरेको अन्दाजी १८ लाख ७३ हजार ५० रुपैयाँ बराबरका विभिन्न रोलगोल्डका गरगहना फेला परेको प्रहरीले जनाएको छ। सोही क्रममा लु ५ प ९७०६ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ, जसको अनुमानित मूल्य ५० हजार रुपैयाँ रहेको छ।

बरामद गरगहना र मोटरसाइकलसहित कुल १९ लाख २३ हजार ५० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ।

प्रकाशित मिति: २०२६-०५-०६ , समय : १२:०८:५४ , २ घन्टा अगाडि