रुपन्देही खबर , ७४ पटक हेरिएको
भैरहवा,बैशाख ३०
रुपन्देही प्रहरीले कछुवासहित एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार बुटवल उपमहानगरपालिका-८ स्थित फाईनान्स चोकमा जीवित कछुवा बेच्दै हिँडिरहेको सूचनाका आधारमा बुटवल उपमहानगरपालिका-१७ रानिगञ्जका ४१ वर्षीय शंकर सुनारलाई एक थान कछुवासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार नियन्त्रणमा लिइएको सुनारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि मंगलबार डिभिजन वन कार्यालय भैरहवामा बुझाइएको छ ।
प्रकाशित मिति: २०२६-०५-१३ , समय : १०:३०:०४ , २ घन्टा अगाडि