२१ प्रतिशतले बढ्याे कर्मचारीकाे तलब

रुपन्देही खबर , ७८  पटक हेरिएको

काठमाण्डाै,जेठ १५

सरकारले कर्मचारीकाे तलब २१ प्रतिशतले बढेकाे घाेषणा गरेकाे छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आउँदाे आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै शुरू तलब स्केलमा १० प्रतिशत, प्राेत्साहन भत्ता १० प्रतिशत र महँगी भत्तालाई निरन्तरता दिने घाेषणा गर्नुभएकाे हाे ।

अर्थमन्त्री वाग्लेका अनुसार बजेट भाषणमार्फत न्यूनतम तलब ४० हजारदेखि अधिकतम तलब १ लाख रुपैयाँभन्दा धेरै कायम भएकाे छ । नयाँ तलब स्केल आउँदाे साउन १ गतेदेखि लागू हुनेछ ।विगत चार वर्षदेखि कर्मचारीकाे तलब बढ्न नसकेकाे र यसबीचमा महँगी १७.३ प्रतिशतले बढेकाे उहाँले बताउनुभयाे ।

प्रकाशित मिति: २०२६-०५-२९ , समय : १९:०८:४८ , ४ घन्टा अगाडि