लुम्बिनीको श्री लक्ष्मी नारायण हनुमान मन्दिरको नयाँ कार्यसमिति गठन 

अध्यक्षमा जितेन्द्र मोहन चौधरी चयन

रुपन्देही खबर , ५०  पटक हेरिएको

लुम्बिनी,असार १०

लुम्बिनी सांस्कृतिक नगरपालिका–१, खुनगाईस्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र श्री लक्ष्मी नारायण हनुमान मन्दिरको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ।
मन्दिरको धार्मिक गतिविधिलाई व्यवस्थित बनाउँदै संस्कृति, परम्परा र सामाजिक सेवाका कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमितिको अध्यक्षमा  जितेन्द्र मोहन चौधरी चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा  बिमलेश यादव र  सुरेश कुमार कुर्सी, कोषाध्यक्षमा  सुधिर मिश्र, सचिवमा  सुबाष कुर्मी तथा सहसचिवमा  श्रीपती कुर्मी चयन हुनुभएको छ।
समितिका सदस्यहरूमा श्रीमती उर्मिला सोनार, श्रीमती गीता पाण्डे, श्रीमती मिना बारी, श्री धर्म प्रकाश कुर्मी, श्री नन्दकिशोर लोहार,  आम्बिक प्रसाद विश्वकर्मा,  सचिन कुर्मी,  अन्कित कुर्मी र  अर्जुन कहार रहनुभएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ का वडा अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

नवनिर्वाचित उपाध्यक्ष  बिमलेश यादवले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ।
उहाँले भन्नुभयो, “सनातन हिन्दू धर्मको रक्षा, संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको धर्म, कर्तव्य र जिम्मेवारी हो। हाम्रो संस्कृति, परम्परा र धार्मिक मूल्य–मान्यतालाई जोगाउँदै आगामी पुस्तासम्म पुर्‍याउनु प्रत्येक सनातन धर्मावलम्बीको दायित्व हो।”
उहाँले मन्दिरलाई पूजा–आराधनाको स्थल मात्र नभई सामाजिक सद्भाव, धार्मिक चेतना र सेवाको केन्द्रका रूपमा विकास गर्न नयाँ कार्यसमितिले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नयाँ कार्यसमितिले मन्दिरको संरक्षण, धार्मिक कार्यक्रमको निरन्तरता, युवा पुस्तालाई संस्कार र संस्कृतिसँग जोड्ने अभियान तथा सामाजिक सेवाका गतिविधिलाई प्राथमिकता दिने बताइएको छ।
स्थानीय श्रद्धालुहरूले नयाँ कार्यसमितिबाट मन्दिरको विकास, व्यवस्थापन र धार्मिक महत्वलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरेका छन्।

प्रकाशित मिति: २०२६-०६-२४ , समय : १०:५८:२२ , २ घन्टा अगाडि