केही ठाउँमा ठूलो वर्षा, आज दिउँसो र राति पनि मुसलधारे पानी पर्ने

रुपन्देही खबर , ४३  पटक हेरिएको

काठमाण्डौ, असार २५

आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  कोशी र गण्डकी प्रदेशको पहाडका एक/दुई ठाउँमा भने अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: २०२६-०७-०९ , समय : १०:०८:३७ , १५ घन्टा अगाडि