स्ट्रेलिया र भारतबीच युरेनियम निर्यात सम्झौता

रुपन्देही खबर , ४६  पटक हेरिएको

असार २६

अस्ट्रेलिया र भारतबीच युरेनियम निर्यात सम्झौता सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलिया भ्रमणमा रहेको समयमा सम्झौता भएको समाचार संस्था एएफपीले जनाएको छ । दुई देशबीच आणविक सहकार्यसम्बन्धी सहमति भएको झन्डै १२ वर्षपछि युरेनियम बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

आफ्ना अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजसँगको छलफलमा मोदीले भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै आउँदा वर्षहरूमा आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अघि बढाउने योजनाको रूपरेखा प्रस्तुत गर्नुभएको छ । सम्झौताले भारतमा अस्ट्रेलियाको युरेनियम निर्यातलाई सहज बनाई जीवाश्मरहित इन्धनको क्षमता बढाउने अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले उल्लेख गर्नुभयो ।

अस्ट्रेलियामा विश्वको युरेनियम स्रोतको झन्डै २८ प्रतिशत रहेको छ । यो सम्झौताले अस्ट्रेलियाबाट भारतलाई युरेनियम आपूर्तिको मार्गप्रशस्त गर्ने र स्वच्छ ऊर्जा प्राप्तिको उद्देश्यहरूलाई गति दिने खबरमा उल्लेख छ । दुई देशले संयुक्त विज्ञप्ति निकालेर शान्तिपूर्ण उद्देश्यका लागिदीर्घकालीन युरेनियम निर्यातलाई अनुमति दिएको बताएका छन् । सम्झौताअनुसार निर्यात अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) द्वारा स्थापित सुरक्षाअन्तर्गत हुनुपर्नेछ ।

प्रकाशित मिति: २०२६-०७-१० , समय : ०९:३०:२८ , २ घन्टा अगाडि