काभा पुरुष भलिबलको उद्घाटन खेलमा नेपाल काजकस्तानसँग पराजित

रुपन्देही खबर , ४६  पटक हेरिएको

काठमाण्डाै,साउन ६

पाकिस्तानमा आजदेखि शुरू भएको काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल काजकस्तानसँग पराजित भएको छ ।उद्घाटन खेलमा नेपाल काजकस्तानसँग ३–२ को सेटमा पराजित भयो । काजकस्तानले पहिलो सेट २५–१९, दोस्रो सेट २५–२१ र पाँचौँ सेट १५–९ ले जित्यो । नेपालले तेस्रो सेट ३४–३२ र चौथो सेट २५–१९ ले जित्यो ।

यही साउन १३ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, कजाकस्तान, उज्वेकिस्तान, बङ्गलादेश र श्रीलङ्का सहभागी छन् । राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

नेपाली पुरुष भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआईभीबी) को विश्व वरीयताको मान्यता प्राप्त प्रतियोगिता खेलेको हो ।प्रतियोगिताका लागि हरिहजुर थापाको कप्तानीमा १२ सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको हो । नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहेका छन् ।

प्रकाशित मिति: २०२६-०७-२२ , समय : २३:०८:५९ , २ घन्टा अगाडि