रुपन्देही खबर , ५९ पटक हेरिएको
काठमाण्डौ , साउन ८
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बराबरको भन्सार घोषणाबिनै नेपालमा ल्याउन पाइने जनाएको छ । राष्ट्र बैंकले हिजो सार्वजनिक सूचना निकालेर पाँच हजार डलर बराबरको अमेरिकी मुद्रा र पाँच हजार अमेरिकी डलर बराबर हुन आउने भारतीय रुपैयाँ पनि भन्सार घोषणाबिनै नेपालमा भित्र्याउन सकिने जनाएको हो ।
पाँच हजार अमेरिकी डलरभन्दा बढी मुद्रा ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गरेर मात्रै ल्याउनुपर्ने राष्ट्र बैंकले निकालेको सूचनामा उल्लेखे छ ।
यसैबीच, नेपाल राष्ट्र बैंकले सन् २०१६ नोभेम्बर ९ तारिखदेखि निष्कासन भई चलनचल्तीमा रहेका भारतीय २०० रुपैयाँ र भारतीय ५०० का नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजार रुपैयाँको सीमासम्म प्रचलित व्यवस्थाबमोजिम ल्याउन/लैजान तथा सटही गर्न सकिने व्यवस्था गरेको छ ।
नेपाली नागरिकले भारतबाहेक अरु देशमा भारतीय रुपैयाँ लैजान वा अन्य देशबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था रहेको जनाएको छ । राष्ट्र बैंकले सन् सन् २०१६ नोभेम्बर ९ तारिखभन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १ हजार दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था कायमै रहेको जनाएको छ ।
प्रकाशित मिति: २०२६-०७-२४ , समय : ०९:५२:५६ , २ घन्टा अगाडि