रुबेन ट्रम्पलमन पुनः लुम्बिनी लायन्समा, एनपीएलको नयाँ सिजन पनि खेल्ने

रुपन्देही खबर , ७०  पटक हेरिएको

काठमाण्डाै,साउन ९

नामिबियाका देब्रेहाते तीव्र बलिङ अलराउन्डर रुबेन ट्रम्पलमनले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आउँदो सिजन पनि लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । गएको वर्ष लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै एनपीएलको उपाधि जित्दा उनी फाइनलमा प्लेयर अफ द फाइनल बनेका थिए । त्यस्तै प्लेयर अफ द टूर्नामेन्ट पनि भएका थिए ।

साविक विजेता लुम्बिनीले ट्रम्पलमनलाई पुनः अनुबन्ध गरेको जनाएको छ । लुम्बिनीले मार्की एवं कप्तान रोहित पौडेलसहित सन्दीप जोरा, शेर मल्ल, दीलिप नाथ, तिलकराज भण्डारी, दीनेश अधिकारी र अभिषेश गौतमलाई ‘रिटेन’ गरिसकेको छ । त्यस्तै अक्सनबाट लुम्बिनीले आसिफ शेख, किशोर महतो, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव, अजय चौहानलाई लिएको थियो ।

प्रकाशित मिति: २०२६-०७-२५ , समय : १३:२३:५१ , २ घन्टा अगाडि