नवलपरासी कारागारबाट फरार कैदीबन्दी पाल्हिनन्दनबाट पक्राउ

रुपन्देही खबर , ८७  पटक हेरिएको

नवलपरासी, साउन ९

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ ले गत भदौं २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा कारागारबाट भागेका एक जना फरार कैदीबन्दी लाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नम्बर ९ बस्ने ५० बर्षिय सुरेन्द्र प्रसाद हरिजन रहेका छन । उनलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय नवलपरासीको संयुक्त टोलीले आज शनिबार दिउँसो १ बजे पाल्हिनन्दन गाउँपालिका  ०५ हर्दिस्थित लुकिछिपी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

हरिजन लागुऔषध मुद्दामा थुनामा रहदा जेन्जी आन्दोलनका क्रममा नवलपरासी कारागारबाट भागेका थिए । उनलाई आजै बाँकी कैद भुक्तानीका लागि कारागार कार्यालय नवलपरासी पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०७-२५ , समय : १७:५०:५७ , २ घन्टा अगाडि