रुपन्देही खबर , ६४ पटक हेरिएको
भैरहवा, साउन १७
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका करिब रु. १ लाख ६५ हजार ४ सय ६९ बराबरका सामान बरामद गरेको छ।
प्रहरीका साउन १३ गते कोटहीमाई गाउँपालिका–३ नौडिहवाबाट लु ३५ प ६७६२ नम्बरको मोटरसाइकल सहित विभिन्न किसिमका भेटेनेरी (पशु उपचारसम्बन्धी) औषधि बरामद गरिएको हो। बरामद सामग्रीको अनुमानित मूल्य रु. १ लाख ४४ हजार ४ सय ६९ रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका औषधिहरूमा Rankem (Hydrogen Peroxide) ३ पिस, Super Stick (१ लिटर) १ पिस, C.R.D. Check ५ बोतल, Calci Must ३ बोतल, Masta Fast २ प्याकेट, Pyrigold २ प्याकेट, Forte Power ५ प्याकेट, Dioveridine Power १० प्याकेट तथा TO Pmuk १२ डब्बा रहेका छन्।
त्यसैगरी, सिद्धार्थनगर नगरपालिका–६ किशोरपुरबाट रु. २१ हजार बराबरका ३६ पिस बच्चाका लुगा र ३ पिस साडी पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०८-०२ , समय : ०९:१७:२९ , २ घन्टा अगाडि