रुपन्देही खबर , ६७ पटक हेरिएको
भैरहवा, साउन १७
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथस्थित एक मदिरा पसलबाट प्रहरीले विभिन्न प्रकारका लागूऔषध बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गरेको कारबाहीका क्रममा उक्त पसलबाट SPASMO ३४५ ट्याब्लेट, CUFROL COUGH LINCTUS ७ बोतल र Nitrazepam ५० ट्याब्लेट बरामद गरेको हो।
घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका ४० वर्षीय दीपक कुमार तेलीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका तेली तथा बरामद लागूऔषधलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय भैरहवा पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: २०२६-०८-०२ , समय : १२:२०:०१ , २ घन्टा अगाडि