चेसिस र इन्जिन नम्बर टेम्पर गरिएका दुई सवारीसाधन नियन्त्रणमा
रुपन्देही खबर ,
७१ पटक हेरिएको
भैरहवा, साउन २७
रूपन्देहीमा प्रहरीले चेसिस तथा इन्जिन नम्बर टेम्पर गरी सञ्चालन गरिएका दुई वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा लु १ क ४०७६ नम्बरको हाइवा (टिप्पर) र लु २ त ५२०१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा दुवै सवारीसाधनको चेसिस तथा इन्जिन नम्बर टेम्पर गरी सञ्चालन गरिएको खुलेपछि आवश्यक कारबाहीका लागि ती सवारीसाधनलाई यातायात व्यवस्था कार्यालय (सवारी), रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीले सवारीसाधनको पहिचान तथा दर्तासँग सम्बन्धित विवरणमा छेडछाड गरी सञ्चालन गर्ने कार्यमाथि निगरानी तथा अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ।
प्रकाशित मिति: २०२६-०८-१२ , समय : २०:५३:३९ , २ घन्टा अगाडि