रुपन्देहीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद
रुपन्देही खबर ,
३२ पटक हेरिएको
भैरहवा,भदौ २५
रुपन्देही प्रहरीले विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी चोरीपैठारी गरिएका करिब २ लाख ४८ हजार ६ सय ८० रुपैयाँ मूल्य बराबरका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भदौ २५ गते जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो।
प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–६ लोखडियाबाट १२ वटा ब्रोइलर कुखुरा, सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट १५ किलो चिनी, फ्रु लब्ली ११४० पिस र लेज १० पिस बरामद गरिएको छ।
त्यस्तै, बुटवल उपमहानगरपालिका–११ मझगाउँबाट ८५ पिस जिन्स जर्सी र १८ पिस बच्चाका सुट, लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ ककरहवाबाट विभिन्न किराना सामान तथा वडा नम्बर १२ अजमाबाट २०० किलो चिनी, ३ जोर खाटका डण्डी, ३० किलो केराउ, २६ प्याकेट मिठाई, ३० प्याकेट चकलेट र २४ प्याकेट जोली रुल्स बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०९-१० , समय : २०:३३:०८ , २५ मिनेटutes अगाडि